अभिनेता समिर शर्माले गरे आत्महत्या

काठमाडौं, २२ साउन । अभिनेता समिर शर्माले मुम्बईस्थित आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेका छन् ।

ये रिश्ता हे प्यार के ’ टेलिश्रृङ्खालाका अभिनेता समिर शर्मा बुधबार राती मलाड पश्चिममा अहिंसा मार्गस्थित नहा सिएचएस बिल्डिङमा आफ्नो घरमा झुण्डिएको अवस्थामा फेला पारिएको हो । रातीको ड्युटीमा खट्ने क्रममा चौकीदारले शव देखेका थिए । शवको स्थिती हेर्दा प्रहरीले अभिनेताले दुई दिनअघि नै झुण्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् ।

मलाड प्रहरीका अनुसार समिरले यसै वर्ष फेब्रुअरीमा अपार्टमेन्ट भाडामा लिएका थिए । समिरले दिल क्या चाहता हे बाट टिभीमा डेब्यू गरेका थिए । उनी कहानी घर घरकीमा पनि देखिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति