खुमलटारमा प्रचण्ड र सुवास नेम्वाङबीच भेटवार्ता

काठमाडौं, २२ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न संसदीय दलका उपनेता सुवास नेम्वाङ मुखलबाटर पुगेका छन् ।

नेकपा अध्यक्षद्धय ओली-प्रचण्डको वार्ता हुन नसकिरहेका बेला प्रचण्डकै आग्रहमा नेम्वाङ खुमलटार पुगेका हुन् । नेम्वाङ र प्रचण्डबीच के कुरा भयो भन्नेबारे खुलेको छैन । नेम्वाङले अहिलेसम्मको छलफल सकारात्मक रहेको भन्दै आफू आशाबादी बनेको र सबैको पहल दुई अध्यक्षबीच समझदारी कायम गर्नेतर्फ केन्द्रित भएको बताए ।

बालुवाटार स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीसँगको टेलिफोन संवादमा प्रचण्डले नेम्वाङसँग कुरा गर्न चाहेको बताए । स्रोत अनुसार प्रचण्डले नेम्वाङलाई पार्टी विभाजनको डिलमा रहेको भन्दै ओली लचिलो नहुने हो भने पार्टीको बहुमत पक्षले विधानअनुसार अघि बढ्नुपर्ने बताएका छन् ।

तर, महाधिवेशनसम्म दुई अध्यक्षको सहमतिबाट अघि बढ्नुको विकल्प नरहेको र त्यसो भन्दा दायाँबायाँ गरिए एकता भंग हुने र मुलुकनै संकटमा पर्ने नेम्वाङको भनाई छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board