गुगलले किन डिलिट गर्‍यो २५ सय युट्युब च्यानल ?

काठमाडौं २२ साउन । युट्युबमा भ्रामक समाचार फैलाउएको भन्दै चीनसँग सर्च इन्जिन गुगलले सम्बन्धित २५ सय युट्युब च्यानल डिलिट गरेको छ । गुगलले त्रैमासिक बुलेटिनमा भ्रामक अपरेशनबारे चर्चा गर्दै युट्युब च्यानलले सामान्य रुपमा स्पाम र गैर राजनीतिक विषयवस्तु पोस्ट गर्ने भनेता पनि ती कन्टेन्टको एउटा सानो हिस्सा राजनीतिसँग जोडिएको हुने जानकारी दिए ।

गुगलका अनुसार यी युट्युब च्यानलले ट्वीटरमा पनि समान भ्रामक सूचना फैलाउने गर्दथे गुगलको अनुसार चीनसँग सम्बन्धित यी च्यानल भिडियो सेयरिङ प्लेटफर्म युट्युबमा भ्रामक समाचार फैलाउने कोसिसमा जुटेका थिए । गुगलले यी युट्युब च्यानललाई अप्रिलदेखि जूनको बीचमा आफ्नो प्लेटफर्मबाट हटाएको जानकारी दिएको छ ।

गुगलका अनुसार यी युट्युब च्यानलले ट्वीटरमा पनि समान भ्रामक सूचना फैलाउने गर्दथे । यसबाहेक कम्पनीले डिलिट गरेको अन्य चिनियाँ युट्युब च्यानलबारे कुनै जानकारी दिएको छैन ।यद्यपि, यसअघि बेइजिङले भ्रामक समाचार फैलाएको आरोप अस्विकार गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति