पर्सामा थप ४३ जनामा कोरोना पुष्टि, सेना, स्वास्थ्यकर्मी र नेता पनि संक्रमित

वीरगञ्ज, २२ साउन । पर्सामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सैनिक, चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, नेतासहित थप ४३ जना कोरोना संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिको परीक्षणका क्रममा उनीहरुमा कोराना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा भारतीय महावाणिज्य दूतावासका ३० वर्षीय कर्मचारी पनि छन् ।

त्यस्तै, बाराका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अन्य ४० जना भने पर्साकै हुन । ४३ जना सङ्क्रमितमध्ये ११ जना नेपाली सेनामा कार्यरत छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा‍.मदनकुमार उपाध्यायका अनुसार सङ्क्रमितमध्ये ६ जना महिला रहेका छन । सङ्क्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएको छ ।

सङ्क्रमितमध्ये ७ जनाले आफैँले पैसा तिरेर स्वाब दिएर परीक्षण गराएका थिए । अन्य मास ट्रेसिङमा परेका, सङ्क्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन ।

सङ्क्रमितमध्ये पर्साको पकहामैनपुर गाउँपालिका र एक जना पोखरिया नगरपालिकाका एक जना रहेका छन् । २१ जना वीरगञ्जको विभिन्न वडामा बसोबास गर्ने रहेका अस्पतालले जनाएको छ । सङ्क्रमित हुनेहरुको उमेर ७ वर्षदेखि ७३ वर्षसम्म रहेको छ । सङ्क्रमित ६ जना महिलाहरुको उमेर ७,२२, ३५, ५३, ७३ रहेको छ ।

सङ्क्रमितमध्ये नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारी समेत रहेका छन् । नारायणी अस्पतालको ओपीडीमा कार्यरत एक कर्मचारीमा समेत सङ्क्रमण देखिएको अस्पताल प्रशासनले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board