सुनको भाउ हालसम्मकै उच्च, तोलाकै एक लाख साढे २ हजार

काठमाडौं, २२ साउन । पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउँले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा बढेको भाउको असर नेपालमा देखिएको छ ।

बिहीबारका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ । बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ । महासंघका अनुसार बढ्दो मूल्यका कारण सुन चाँदीको बिक्र अत्यन्तै न्यून रहेको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसका कारण सुनको मूल्यमा असर परेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति