विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण

विराटनगर, २२ साउन । विराटनगरमा १३ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन् । बिहीबार बिहान पाँच महिला र आठ पुरुषमा संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीको भनाई छ ।

कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराउँदा विराटनगर महानगरपालिकाका–२, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका वासिन्दामा कोरोना देखिएको उनले जनाए ।

संक्रमितमध्ये तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन । अरु २४ देखि ६० वर्ष उमेरसम्मका छन् । नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या एक सय ८३ पुगेको छ ।

विराटनगर २ का १ जना, ६ का १ जना, वडा नम्बर ७ का १ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर १० का १ जना, वडा नम्बर ११ का ४ जना र वडा नम्बर १३ का ३ जना छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति