प्रदेश २ का आन्तरिक मामिला मन्त्रीलाई कोरोना, उनको देशकै शीर्ष नेताहरूसँग भेटघाट

काठमाडौं, २२ साउन । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादबमा पनि कोरोना पुष्टि भएको छ ।

बुधवार साँझ आएको रिपोर्ट अनुसार मन्त्री यादबमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाए । मन्त्री यादब मधेस भवनकै आइसोलेसनमा बसेका छन् । नेपालमा पहिलो पटक मन्त्रीलाई कोरोना लागेको छ ।

मन्त्री यादबकै मन्त्रालयका एक महिलासहित ७ कर्मचारी समेत कोरोना संक्रमित भएका छन् । संक्रमित कर्मचारीहरु २८ देखि ५२ वर्ष उमेर समुहका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

उनी आइतवार काठमाडौंबाट फर्केर सोमवार स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको उनले बताए। कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कोरोनाको कुनै लक्षण नरहेको उनले बताए।

मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सामेल भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए। यादव प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति