गण्डकीमा ११ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १ हजार ५ सय ६६ पुग्यो

काठमाडौं, २२ साउन । गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । गोरखामा ६, पूर्वी नवलपरासीमा ३ तथा कास्की र पर्वतमा १–१ जना संक्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ५ सय ६६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान साढे ६ बजे दिएको जानकारीअनुसार गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर ६ र ९ मा एक–एक जना संक्रमित फेला परेका हुन। बारपाक सुलिकोट गाउँपालिकामा पनि दुई जना कोरोना संक्रमित पुरुष फेला परेका छन् ।
गोरखा नगरपालिकामा पनि २४ वर्षीया एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको तर गोरखाका दुवैजनाको वडा नम्बर खुलेको छैन ।

यसैगरी पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २३ २५ र २५ वर्ष उमेरका छन् । यस्तै कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा २२ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ की ३० वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board