उपत्यकामा बुधबार ६१ जनामा कोरोना संक्रमण

काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकामा बुधबार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको ठेगाना भने मन्त्रालयले खुलाएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ५७ र ललितपुर ५ सहित ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा बुधबार ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या १५ हजार १५६ पुगेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ । हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् । सरकारी तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या १५ हजार १५६ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति