नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण, १३० जना डिस्चार्ज

काठमाडौं, २१ साउन । नेपालमा बुधबार ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या १५ हजार १५६ पुगेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ । हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् । सरकारी तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या १५ हजार १५६ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board