पर्सा र बारामा एकैदिन १ सय ३३ जनामा कोरोना संक्रमण

वीरगञ्ज, २१ साउन । बुधबार कोरोना भाईरसका संक्रमित पर्सा र बारामा एकै दिन अहिलेसम्म्कै धेरै भेटिएका छन् । आज मात्रै १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायका अनुसार वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार ४ सय ८८ वटा नमुनाको पीसीआर परीक्षण गर्दा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये पर्सा पोखरियाकी १८ वर्षकी युवतीको मृत्यु भएको उनको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति