पर्सामा मात्रै कोरोना भाईरसबाट १४ जनाको मृत्यु

पर्सा, २१ साउन । पर्सामा मात्रै कोरोना भाईरस (कोभिड १९)बाट १४ जनाको मृत्यु भएको छ ।
गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १४ पुगेको हो ।

आज बिहान पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा ज्यान गएको पर्साका एसपी गंगा पन्तले जानकारी दिए । गएको शुक्रबार कोरोना पुष्टि भएका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि गएराति वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।

यस्तै झाडापखलाले सिकिस्त भएपछि उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा लैजाने क्रममा अस्ति सोमबार ज्यान गुमाएकी पर्साकै पोखरीया नगरपालिका वडा नम्बर ९ की १८ वर्षकी किशोरीको मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए । योसँगै नेपालका कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board