कविता: बुझ्नु जरुरी छ ‘भाई जात्रा’ !

कविता : बुझ्नु जरुरी छ ‘भाई जात्रा’ !

भन्ने गर्छ उ सँधै रिश्ता, भाई
भाईको छ । भन्ने गर्छ उ सँधै
रोटी बेटिको सम्बन्ध छ । तर
व्यबहार छ दुश्मनको किन ।
दिँदैन गर्न केही, हुँदैन बोल्न
पनी मत भन्छु, यो त दमन हो
कुरा याहाँ, बुझ्नु जरुरी छ ।

भन्यौं अयोध्या याहाँ पनी छ,
के गल्ती गर्यौं । भन्यौं हाम्रै
कालापानी,लिम्पियाधुरा अनि
लीपुलेक हाम्रो हो, भूल काहाँ
गर्यौं । दिँदैन उ हामीलाई मेरो
भन्न,चाहँदैन उ हाम्रो प्रगति सुन्न।
मत भन्छु, यो त दादागिरी हो
कुरा याहाँ, बुझ्नु जरुरी छ ।

दाई भए,भाईको एक फोक्टो
बारीमा, आँखा गाड्थ्यो किन ।
शक्तिको धमास दिइ,थर्काउने
गर्थ्यो किन । पटक पटक
वार्तालाई, उसले टार्थ्यो किन ।
मत भन्छु,यो त लुट्ने नियत हो
कुरा याहाँ, बुझ्नु जरुरी छ ।

भगवान कसैको पेवा हुँदैन,
त्रेतायुगका कुरा हो । भगवान
सबको साझा हुन्छ । श्रीरामको
दरबार, संसारभरी हुन सक्छ ।
यसमा बबाल गर्नु को कुनै अर्थ
हुँदैन । तर उसले पेल्नै खोज्ने
किन । मत भन्छु, यो त अहंकार
हो । कुरा याहाँ, बुझ्नु जरुरी छ ।

प्रत्यक्ष्य दर्शी को छ र याहाँ
सिवाय कल्पना । मिल्दो जुल्दो
भौगोलिक आधारहरुका साथ,
प्रमाणहरु पनी छ भन्दा उ
उत्तेजित हुनु पर्ने  किन ।
मत भन्छु, यो त अहमता हो
कुरा याहाँ, बुझ्नु जरुरी छ ।

उ आफै भन्ने गर्छ हामी हिन्दु हौं
तर यहाँ, मन्दिर बनाई, हिन्दुत्व
जोगाई, धर्मको संरक्षण गर्छु
भन्दा मान्दैन किन । नेपाल एक
देबी देउताहरुको मूलघर हो ।
उसले बुझ्दैन किन । मत भन्छु,
यो त साँस्कृतिक दमन हो ।
कुरा याहाँ, बुझ्नु जरुरी छ ।

नेपाल एक मात्र देश हो जहाँ
तेत्तीस्कोटी देबी देवताहरुको
पवित्र जन्मभूमि, तपभूमि अनि
शान्ति भूमि हो । जो जसले यो
भूमि प्रती गीद्दे नजरले हेर्ने गर्छ
उसको उल्टी गिन्ति सुरु हुन्छ ।
सावधान,यो ध्रुव सत्ते कुरा हो ।
कुरा याहाँ, बुझ्नु जरुरी छ ॥

यता हाम्रा नेताहरु, हिन्दु राष्ट्र
बनाउछु भन्दै घरी सडक
तताऊछ, त घरी मण्डला । तर
मर्यादा पुरुष श्रीरामको जन्म
नेपाल हो भन्दा वहाँहरुको
टाउको दुख्ने किन । बडेभाईको
समर्थन गर्दै, आफ्नो अस्तित्व
मेटाउन खोज्छ किन । मत
भन्छु,यो त गाई जात्रे पात्र भो
कुरा याहाँ, बुझ्नु जरुरी छ ।

काशः म त्यो व्यक्तित्व भएको
भए, भन्थेँ त्रेतायुगको कुरा हो
भगवान कसैको पेवा हुँदैन,
सबैको साझा हो, बनाऊ भाई
मन्दिर बनाऊ । भग्नावशेष,
अवशेषहरुको संरक्षण गरी
हिन्दुत्व को शान बढ़ाऊ ।
तर विडम्बना, उ त मात्र धर्माको
आडमा आफ्नो स्वार्थ पुरा गर्ने
पात्र भो । मत भन्छु, यो त
जनता लडाउने खेल मात्र हो ।
यो त अमिलो भाई जात्रा भो ।
कुरा यहाँ, बुझ्नु जरूरी छ ।

जय देवभूमि नेपाल….

रचनाकार – ज्ञान बहादुर लामा
  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board