कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषमा कोरोना नेगिटिभ

विराटनगर,२० साउन । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

कोशी अस्पतालमा भर्ना हुने क्रममा सोमबार राति करिब १ मृत्यु भएका उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय पुरुषको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको मंगलबार दिउँसो नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । अस्पतालमा आइसोलेनमा भर्ना गर्ने क्रममा मृत्यु भएपछि आइसोलेसनमा शव राखेर कोरोना जाँचका लागि नमुना संकलन गरिएको थियो ।

न्यौपानेको स्थानीय क्लिनिकमा उपचार हुन नसकेपछि मृतकका आफन्तले विराट मेडिकल कलेज विराटनगर ल्याएका थिए । ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने भएर उनी उपचारका लागि सोमबार राति कोशी अस्पताल ल्याइएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति