राजश्व अधिकृत घुस लिएको अभियोगमा पक्राउ

काठमाडौं, २० साउन । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आज नियन्त्रणमा लिएको छ । बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत रु दुई लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए ।

रानालाई व्यापारीसँग महिनामहिनामा पैसा लिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा आज बिहान १०।३० बजे पक्राउ गरिएको बताइएको छ । यसअघि सोमबार स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई रु आठ लाख ९८ हजारसहित आयोगले पक्राउ गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board