काठमाडौं, २० साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जनामा कोरोना भाईरस पुष्टि भएको छ । आयोगका जनसम्पर्क तथा सञ्चार विज्ञ शरद अधिकारीका अनुसार केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
१ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनको भनाई छ ।अधिकारीका अनुसार प्रहरी प्रधान कार्यालयबाट काजमा आयोग आएका एक जना सईलाई ज्वरो आएको थियो ।
पछिल्लो समय प्रहरी प्रधान कार्यालयमा ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। प्रहरीमा कोरोना देखिएपछि आइतबार बिहान कार्यालयमै प्रमुख आयुक्त नवीन घिमिरेसहितको स्वाब संकलन गरिएको थियो।
अख्तियार केन्द्रिय कार्यालयमा १५ जनालाई कोरोना संक्रमण

COMMENTS