कोरोना संक्रमण बढेपछि विज्ञहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली

काठमाडौं, २० साउन । काठमाडौ उपत्यका लगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्यविद्हरुसंग छलफल गर्दै छन् ।

आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपायबारे विज्ञहरुसँग छलफल गर्न लागेका हुन् । विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह अबस्था आउने चेतावनी दिइरहेका बेला प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले लकडाउन खोल्नु अघि पनि विज्ञहरुसंग परामर्श गरेका थिए । सरकारले संक्रमण नियन्त्रणका सम्बन्धमा छिट्टै अर्को रणनीति बनाउने तयारी गरिरहेको छ ।

पछिल्लो समय प्रदेश २ का वीरगंज, धनुषा लगायत ठाउँमा संक्रमण बढिरहेको छ भने काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्या धमाधम थपिदैं गएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board