स्पेनका पूर्वराजा कार्लोस देश छोड्दै


काठमाडौं, २० साउन । भ्रष्टाचार मुद्दामा आफ्नो पनि नाम मुछिएपछि स्पेनका पूर्वराजा हुवा कार्लोसले देश छोड्ने निर्णय गरेका छन् ।

८२ वर्षका पूर्वराजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराएको स्पेनिस राजदरबारले जनाएको छ ।

पूर्वराजा कार्लोसले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीहरुले अन्तर्वार्ता गर्न चाहेमा आफू उपलब्ध हुने प्रतिबद्धतासमेत जनाएका छन् ।

गत जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्वराजा ख्वानको संलग्नताबारे अनुसन्धान सुरू गरेको थियो ।

स्पेनलाई अधिनायकवादबाट जोगाउँदै प्रजातन्त्रको अभ्यासमा कूशलतापूर्वक नेतृत्व प्रदान गरेका कार्लोस जनप्रिय मानिन्थे । छोरा फेलिपेलाई सन् २०१४ मा सत्ता हस्तान्तरण गरेका उनी देश छोडेर अब कहाँ जान लागेका हुन् भन्नेबारे केही पनि नखुलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board