भारतमा २४ घण्टामा ५० हजार ६२९ जनामा कोरोना संक्रमण

काठमाडौं, २० साउन । भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार नाघेको छ । मंगलबार विहानसम्म भारतमा थप ५० हजार ६२९ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार ३३१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । भारतमा पाँच दिनमा मात्रै १ लाख ६५ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १२ लाख ३० हजार ४४० जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ८५ हजार ९२० जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८१० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३८ हजार ९७१ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board