विराटनगरका एक वृद्धको कोरोनाबाट मृत्यु

काठमाडौं,१९ साउन । कोरोना संक्रमणबाट विराटनगरको कोशी अस्पतालमा एक वृद्धको मृत्यु भएको छ । ज्वरो र स्वासप्रश्वासको समस्या लिएर अस्पताल भर्ना भएका विराटनगर महानगरपालिका– ५ का ७७ वर्षका वृद्धको मृत्यु भएको हो । मधुमेहको समस्यासमेत रहेका वृद्धलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ ।

वृद्धलाई आइसोलेसनमा राखी अस्पतालले १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । उनको सवा ३ बजे मृत्यु भएको थियो भने त्यसको करिब एक घण्टापछि संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो । विराटनगरको मृत्युपछि नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । गत बुधबार सोनवर्षी नगरपालिका ८ का १ जनाको मृत्यु भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board