बाल्कोटबाट फर्किए आफ्नो निजी निवास प्रधानमन्त्री ओली

काठमाडौं, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निजी निवास बालकोटबाट पुनः बालुवाटार फर्किएका छन् ।

सरकारी निवास बालुवाटारबाट आइतबार मध्यान्ह बालकोट गएका ओली त्यहाँ एक घण्टा बिताएर फर्किएका हुन् ।

आज जनैपूर्णिमाको दिन पारेर बालकोट आएका, ओली यहाँ स्थानीयवासीसँग छलफल र कुराकानी गरे उनले बालकोटमा सो घरमा हाल बस्दै आएका पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटा र सांसद महेश बस्नेतसँग छलफल गरेको स्रोतले बताएको छ । बाँस्कोटा र बस्नेत ओलीको विश्वासपात्र मानिन्छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board