अन्तरिक्ष केन्द्रमा पुगेका दुई यात्रीले यसरी गरे पृथ्वीमा सकुशल अवतरण

वासिङ्टन, १९ साउन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेका दुई जना अन्तरिक्षयात्रीहरू बब बेन्कन र डग हर्ली पृथ्वीमा फर्किएका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको हो ।

अमेरिकाले झण्डै दुई दशकपछि पहिलो पटक मानव सहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको थियो । यो अभियान अमेरिकी अन्तरिक्ष केन्द्र नासा र अमेरिकी धनाढ्य एलन मस्कले स्थापना गरेको निजी कम्पनी स्पेसएक्सद्वारा संयुक्त रुपमा संचालन गरिएको थियो । पछिल्लो उपलब्धिले अमेरिकाले अहिले पनि सुरक्षित रुपमा मानवलाई अन्तरिक्षमा पुर्याएर सुरक्षित रुपमा पृथ्वीमा अवतरण गराउने क्षमता रहेको देखाएको छ ।

स्पेसएक्समा यात्रारत दुई अन्तरिक्ष यात्री फ्लोरिडा नजिकको समुद्री क्षेत्रमा प्यारासुट मार्फत अवतरण गरेका थिए । अमेरिकाले सन् १९७५ मा अपोलो–सोयुज मिसन पश्चात् पहिलो पटक समुद्री इलाकामा अन्तरिक्ष यात्रीलाई ओरालेको हो । यस मिसनमा कमान्डर बब बेनकिन र डघ हर्ली सहभागी थिए ।

अन्तरिक्ष अभियान सफल भएकामा नासाका वैज्ञानिकहरुले सन्तोष व्यक्त गरेका छन् । लागत बढेको भन्दै अमेरिकाले केही वर्षदेखि मानव अन्तरिक्ष अभियान स्थगित गरेको थियो ।

दुई महिनाअघि अन्तरिक्ष यान प्रक्षेपणको अवलोकन गर्न फ्लोरिडा पुग्नु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अभियान सफल र सुरक्षित रुपमा सम्पन्न भएकामा बधाई दिएका छन् । सन् २०११ मा अन्तिम अन्तरिक्ष यान प्रक्षेपण गरेको अमेरिकाले अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउन रुसको सहायता लिन थालेको थियो ।

सन् २०११ मा द स्पेस शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिकाले आफैँले अन्तरिक्षयात्री नपठाउनु त्यसको कारण रहेको थियो। त्यसयता अमेरिका अन्तरिक्ष केन्द्रमा आफ्ना अन्तरिक्षयात्री पठाउने रुसको ुसोयुज रकेट एन्ड क्याप्स्यूलु प्रणालीमा निर्भर रहँदै आएको थियो।

यस पटकको भिन्नता भनेकै नासाले आफ्नो अन्तरिक्षयान नभइ अरूको भाडामा लिएर उडेको हो। यो टिकट किनेर यात्रा गरे जस्तै हो। अन्तरिक्षयात्री लगेको स्पेस एक्स कम्पनीले आफ्ना सेवाहरू अन्य अन्तरिक्ष निकाय, कम्पनी र व्यक्तिहरूलाई समेत विक्री गर्न पाउनेछ।

अमेरिकी अन्तरिक्ष निकाय नासाका प्रशासक जीम ब्रिडेन्स्टाइनले आफैँ प्रक्षेपण प्रणालीको निर्माण र व्यवस्थापन नगर्ने कामले चन्द्रमा र मङ्गल ग्रह जाने मिसनका लागि पैसा बचत गर्ने आफूहरूले सोचेको बताएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति