प्रदेश १ का मुख्य न्यायधिवक्तालाई पनि कोरोना संक्रमण

विराटनगर, १९ साउन । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यलाई पनि कोरोना संक्रमण देखिएको छ । मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो ।

विराटनगर – ५ स्थायी ठेगाना भएका उनी विराटनगरमै रहेका थिए । तर, कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ खुल्न बाँकी छ ।

मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०/१२ दिनअघि सामान्य ज्वरो आएको थियो । आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी रहेको छ ।

प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्य

अहिले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको स्वयम आचार्यले मिडियामा बताएका छन् । आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन । उनी नियमितरुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी थिए ।

बैठकहरुका क्रममा सुरक्षाकर्मी वा अरु कसैबाट कोरोना सरेको हुन सक्ने आचार्यको अनुमान छ । उनी भन्छन्, ‘विभिन्न ठाउँहरुमा मिटिङहरु गरिरहनुपर्ने हुन्छ । प्रायःजसो सेक्युरिटीवालाहरुलाई, पुलिसहरुलाई देखिएको छ ।

उनलाई कोरोना कहाँबाट सरेको हो भन्ने ट्राभल हिस्ट्री पत्ता नलागेका कारण समुदायस्तरमा कोरोना संक्रमण फैलिएको संकेत देखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board