काठमाडौँ, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।
बालुवाटार स्रोतका अनुसार सोमबार बिहान ९ बजेपछि भएको छलफलमा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ को सहभागी रहेको छ , । उनीहरुबीच पार्टीमा देखिएको विवादको निकास दिनेबारे छलफल भईरहेको वालुवाटार स्रोतले जनाएकोछ । हिजो आइतवार चार नेताबीच आइतबार पनि झन्डै तीन घन्टा बालुवाटारमा कुराकानी भएको थियो। आइतबार साँझ प्रचण्डले नेताहरूलाई ओलीसँगको छलफल सकारात्मक नभएको ब्रिफिङ गरेका गरेका थिए ।
गत मंगलबार स्थायी समिति बैठक स्थगित भएदेखि दुई अध्यक्षबीच भेटघाट हुन सकेको थिएन। प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा स्थायी समिति बैठक स्थगित गरेको भन्दै प्रचण्डले मंगलबार बैठकको अध्यक्षता गरेका थिए। बैठकमा वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहित २९ जना सदस्यहरु सहभागी भएका थिए । प्रधानमन्त्री ओली निकटका सदस्यहरु भने सहभागी थिएनन्। त्यस्तै पूर्व माओवादी पक्षधर ४ जना सदस्यहरु सहभागी थिएनन्।
COMMENTS