भारतमा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्यो, ३८ हजार १६१ जनाको मृत्यु

काठमाडौं, १९ साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा संक्रमित हुनेको संख्या साढे १८ लाख नाघेको छ ।

सोमबार विहानसम्म थप ५२ हजार ७८३ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ४ हजार ७०२ पुगेको छ ।

भारतमा चार दिनमा मात्रै १ लाख ९ हजारभन्दा बढी संक्रमित भएको वर्ल्डोमिटर्सले जनाएको छन् । संक्रमितमध्ये अहिलेसम्म ११ लाख ८७ हजार २२८ निको भएका छन् भने ५ लाख ७९ हजार ३१३ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७५८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३८ हजार १६१ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board