बग्गीखाना बाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द

काठमाडौं, १८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) बाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका छन् ।

महाशाखामा रहेका दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द भएका हुन् । महाशाखा प्रमुख भीमप्रसाद ढकालसहित अहिले ३ सय ७५ जना नै क्वारेन्टिनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ ।

उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । करिब ४ सय प्रहरी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा पनि कोरोना पुष्टि भइसकेको छ । त्यस्तै, प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कटिङ्मा खटिने सवारीका चालकलाई पनि कोरोना देखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board