नेपालमा थप एक जनाको मृत्यु, २४६ जनामा कोरोना संक्रमण

काठमाडौं, १८ साउन । नेपालमा वितेको २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । त्यस्तै, देशभरि २४६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् । कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनका अनुसार काठमाडौंका २२, ललिपुरका ८ र भक्तपुरका १ रहेका छन् ।

आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् ।

निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १११ जना निको भएसँगै अहिलेसम्म १४,६०३ जना अर्थात् ७१.८ प्रतिशत रोगमुक्त भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

आइतवार पुष्टि भएका सङ्क्रमितहरू को हुन् ?
आइतवार कोरोना भाईरसका संक्रमित हुनेहरु विभिन्न जिल्लाका रहेका छन् । जसमा उनीहरू विभिन्न उमेर समुहका छन् भने तीमध्ये काठमाण्डू उपत्यकाका ३१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये पर्साका ८१ र धनुषाका ३५ जना छन्। पर्सामा सङ्क्रमण देखिनेमा मास ट्रेसिङअन्तर्गत तथा स्वेच्छाले आफैँ शुल्क तिरेर पीसीआर परीक्षण गराएकाहरू भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

यो पनि
…
निजी प्रयोगशलामा अब चार हजारमै कोरोना परीक्षण

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति