‘राजनीतिक र आर्थिक संरचनात्मक कमजोरीका कारण नेपालले चीनबाट तुलनात्मक बढी लाभ लिन सकेन’

नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको ६५ बर्ष पुगेको छ । नेपाल र चीनबीच बिगत ६५ बर्षमा सदैव सुुमधुर सम्वन्ध रहीआएको छ । नेपाल र चीनबीच औपचारिक सम्बन्ध स्थापित भएको ६५ औं वर्षगाँठको अवसरमा नेपाल र चीनबीचको कुटनीतिक सम्बन्ध, विगतदेखि वर्तमानसम्मका विविध आयामबारे परराष्ट्र मामिलाका जानकार तथा पूर्वराजदूत डा. शम्भुराम सिम्खडा र चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीसँग अनन्त अनुरागले गरेको कुराकानीको सम्पादीत अंशः

बिगत ६५ बर्षमा नेपाल र चीन बीचको सम्बन्ध कुन स्तरमा पुुगेको छ ?
शम्भुुराम सिम्खडा : नेपाल र चीनको सम्बन्धको ब्याख्या गर्ने हो भने, नेपाल पनि आन्तरिक रुपमा अत्यन्त ठूलो परिवर्तनबाट गुज्रिरहेको छ । चीन पनि आर्थिकरुपमा परिवर्तनको बाटोमा अगाडि बढीरहेको छ । नेपाल र चीनबीचको सम्बन्धको सुखद् पक्ष भनेको के हो भने, आन्तरिक रुपमा विभिन्न किसिमका परिवर्तन, दुईटा भिन्दै खालका राजनीतिक चिन्तनहरु, भिन्दै प्रकारका राजनीतिक प्रणालीहरु, संसारको अत्यन्तै मौलिक तथा उदाहरणीय सम्बन्ध हो ।

त्यो हिसावले हेर्दाखेरी यो अत्यन्तै महत्वपूर्ण पाटो हो । तर, विगत ६५ वर्षमा चीन कहाँबाट कहाँ पुुग्यो ? अनि यही ६५ वर्षमा हामी कहाँबाट कहाँ आइपुगेका छौं ? जतिसुकै अरु देशहरुसित मित्रता भए पनि, सम्बन्ध भए पनि यो प्रश्न महत्वपूर्ण छ । जबसम्म हामी आफैं आन्तरिक रुपमा सबल र सक्षम हुदैनौं, तबसम्म आन्तरिक सकारात्मक रुपान्तरणको निम्ति खासै सहयोग गर्न सक्दैन । त्यसको एउटा उदाहरण, चीनसँगको हामी व्यापार हो । हामी करिब २ सय १५ अर्बको चीनबाट आयात गर्छाै, निर्यात करिब करिब ३ अर्ब गछौं, भन्दाखेरी चीनले सहुलियत त दिएको छ, तर के हो त ?

‘जतिखेर हामीले चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना ग¥यौं, त्यतिबेला चीन पुरानो शासनबाट नयाँ शासन व्यवस्थामा संक्रमण गरिरहेको थियो र नेपाल पनि राणाशासनबाट नयाँ प्रजातान्त्रिक शासन व्यवस्थामा संक्रमण गरी रहेको थियो । आज हामी जहाँको तहीं छौं । तर चीनले आफूलाई एउटा आधुनिक विकसित राष्ट्रको पंक्तिमा दोस्रो ठूलो अर्थतन्त्र भएको देशको रुपमा, विश्वको तेस्रो सामरिक शक्तिको रुपमा आफुलाई स्थापित गरेको छ

यसो भनी रहँदा नेपालको अपेक्षा चीनले पूरा गर्न नसकेको हो कि चीनको चाहनामा हामी खडा उत्रिन सकेनौं ?
शम्भुराम सिम्खडाः तपाईको प्रश्नले दुई वटा कुरा इंगित गर्छ । एउटा त शक्ति राष्ट्रको कुरा भयो । कुनै पनि राष्ट्रको बारेमा पढ्दा पढाँउदा शक्तिका स्रोतहरु के के हुुन् ? भनेर हामी पढ्छौं, पढाउछौं । चीन ठुलो राष्ट्र हो, उसको इकोनोमी ठूलो छ, भूगोल ठूलो छ, आर्मी ठूलो, जनसंख्या ठूलो छ । शक्ति भन्ने कुरा तुलनात्मक हुन्छ । हामी त चीन र भारतको बीचमा भएको हुनाले सानो राष्ट्र हौं, नभए त नेपाल स्वयंमा सानो राष्ट्र त होइन । अर्काे शक्ति चलायमान हुन्छ, डाइनामिक हुन्छ । मैले भन्न खोजेको त्यही हो, शक्तिको हिसावले, चाहे त्यो आर्थिक शक्ति होस्, चाहे त्यो सामाजिक रुपान्तरणका कुरा होस्, चाहे स्थायित्वको कुरा किन नहोस् । त्यस हिसावले हेर्दा ६५ वर्षमा चीन कहाँ पुुग्यो ?

हामी कहाँ पुुग्यौं ? लिन सक्ने वा दिन सक्नेभन्दा पनि शायद हामीले त्यही रुपमा आफुलाई तयार गरेको भएदेखि चीनको उदयबाट, चीनको आर्थिक समृद्धिको रुपान्तरणबाट, चीनको व्यापारबाट, चीनको आर्थिक वृद्धिबाट हामी लाभान्वित हुन सक्थ्यौं । तर मूल रुपमा लिन/दिनेभन्दा पनि हाम्रो आन्तरिक संक्रमणलाई जुन किसिमले व्यवस्थापन गर्नु पथ्र्यों, त्यो हुन सकेन । विगत ६५ वर्षको हाम्रो इतिहास हेर्ने हो भने, हाम्रो त यतिका बर्ष संक्रमणमै बितेको छ । प्रत्येक १०/१० बर्षमा भइरहेको परिवर्तनले झनझन् हामी शक्तिशाली हुनुको सट्टा घट्दैगएका छौं । चीन र भारत बढ्दै जाने अनि हामी घट्दै जाने ! साच्चिकै हामीले चीनले जस्तो किन गर्न सकेनौं ? यस्तो चिन्तन र छलफल किन हुन सकेन त्यो महत्वपूर्ण प्रश्न हो ।

टंक सर, तपाईं नेपाली राजदूतको रुपमा चीनमा रहेर काम गर्नुभयो ? छिमेकी मुलुक र उदाउँदो आर्थिक महाशक्तिको नाताले चीनबाट नेपालले जति लाभ लिन सक्नु पथ्र्यो, तर किन लिन सकेन ?
टंक कार्कीः नेपाल चीन सम्बन्धको विगत ६५ बर्ष फर्केर हेर्दा, हामी कहाँ आई पुगेको छौंजस्तो लाग्छ भने, जतिखेर हामीले नव चीनसँग दौत्य सम्बन्ध स्थापना गरयौं, त्यो भन्दा अगाडिदेखि नै नेपाल र चीनबीच सम्बन्ध रहिआएको छ । करिब करिब ७ औं शताब्दीदेखि नेपाल र चीनबीच सम्बन्ध रहिआएको छ । चीनसँगको सम्बन्धमा गजबको संयोग देख्छौं हामी, जतिखेर हामीले चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना ग¥यौं, त्यतिबेला चीन पुरानो शासनबाट नयाँ शासन व्यवस्थामा संक्रमण गरिरहेको थियो र नेपाल पनि राणाशासनबाट नयाँ प्रजातान्त्रिक शासन व्यवस्थामा संक्रमण गरी रहेको थियो ।

‘किन पछि पर्यो भन्ने जुन प्रश्न छ, यसमा राजनीतिक प्रणाली आफैमा पर्याप्त रहेनछ, राजनीतिक प्रणालीसँग संगति राख्ने, आर्थिक र सांस्कृतिक संरचना पनि चाहिंदो रहेछ । त्यसको अभावले गर्दाखेरी राजनीतिक प्रणाली परिभाषित गरे पनि जुन रुपमा आर्थिक समृद्धितर्फ जानु पर्दथ्यो, त्यसमा कतै न कतै संरचनागत समस्या रह्योजस्तो लाग्छ’

आज हामी जहाँको तहीं छौं । तर चीनले आफूलाई एउटा आधुनिक विकसित राष्ट्रको पंक्तिमा दोस्रो ठूलो अर्थतन्त्र भएको देशको रुपमा, विश्वको तेस्रो सामरिक शक्तिको रुपमा आफुलाई स्थापित गरेको छ । यद्यपि अगाडि र अहिले यो बीचको कालखण्डको बारेमा कुराकानी गर्दा ६५ बर्ष अगाडि हामी एउटा राजतन्त्रात्मक एउटा शासन प्रणालीमा थियौं भने २०६३/६४ तिर आएर गणतान्त्रत्मक राज्य प्रणालीमा पुगेका छौं । तर, यो बीचको विकासक्रमलाई हेर्दाखेरि हाम्रो दुुवै छिमेकी देशहरुले ५० बर्षभन्दा उनीहरुको मुलुकमा के अनुकूल हुन्थ्यो, त्यसअनुरुप उनीहरुले राजनीतिक प्रणाली उनीहरुले परिभाषित गरे । तर, हामी कहाँ न त राजनीतिक प्रणाली परिभााषित गर्न सक्यौं, बल्लबल्ल राजनीतिक प्रणाली परिभाषित गर्न हामी २०६३ सम्म आइपुग्नु पुग्यौँ ।

हामी किन पछि प¥र्याैं भन्ने जुन प्रश्न छ, यसमा राजनीतिक प्रणाली आफंैमा पर्याप्त रहेनछ, राजनीतिक प्रणालीसँग संगति राख्ने, आर्थिक र सांस्कृतिक संरचना पनि चाहिंदो रहेछ । त्यसको अभावले गर्दाखेरी राजनीतिक प्रणाली परिभाषित गरे पनि जुन रुपमा आर्थिक समृद्धितर्फ जानु पर्दथ्यो, त्यसमा कतै न कतै संरचनागत समस्या रह्योजस्तो लाग्छ । अर्काे, सांस्कृतिक दिशा पनि हामीले यथोचित समात्न सकेनौं । यी दुइवटा कारणहरु हो जस्तो लाग्छ ।

चीनले कसरी विकास ग¥यो त, पहिलो त उनीहरुले राजनीतिक प्रणाली परिभाषित गरिसकेपछि तदअनुरुपको राजनीतिक स्थायित्व कायम गरी आर्थिक सामाजिक विकासतर्फ अगाडि बढे । तर हामीचाहिं राजनीतिक प्रणाली परिभाषित त ग¥यौं तर, राजनीतिक स्थायित्व दिन सकिरहेका छैनौं । सन् ८० को दशकमा चिनियाँहरु आर्थिक दिशा के हुने र सांकृतिक दिशा के हुने भन्नेमा प्रष्ट भएका थिए । चिनियाँहरुले स्थायित्व, विकास र रिर्फम (सुधार)लाई चाही अन्तर्सम्बन्धित गरेर एकीकृत रुपमा अगाडि बढे । काम गर्दै गए । गल्ती निस्के सुुधार गरे । विकास गर्नलाई स्थायित्व चाहिने रहेछ, विकास गर्दा आइपरेको बाधालाई हटाउन करेक्सन गर्दै उनीहरु अगाडि बढे ।

नेपालको सन्दर्भमा चीनको विदेश नीति बदलिएको हो ?
शम्भुराम सिम्खडाः अहिले नै त प्याराडाइम सिफ्ट भई सकेको छैन । तर हुने क्रम म देख्छुु । त्यो हिसाबले हेर्दाखेरी मेरो बुझाइ के हो भने, चीनमा पनि आन्तरिक रुपमा ६५ वर्ष अनेक किसिमका परिवर्तनहरु भए, अहिले पनि बैचारिक रुपमा परिवर्तन भइरहेकै छ । उनीहरुको संक्रमण व्यवस्थापन गरेका छन् । उनीहरुले संक्रमण व्यवस्थापनलाई राष्ट्रहितको वरिपरी व्यवस्थापन गरेका छन् । चीनको विगतदेखि वर्तमानसम्म हेर्दा नेशनल इन्टिग्रिटीमा निरन्तरता छ । कूटनीतिलाई आन्तरिक राजनीतिको प्रतिबिम्ब भनिन्छ ।

जब आन्तरिक राजनीतिमा यो किसिमको समस्या हुन्छ, तब हामी राष्ट्रहितको बारेमा हामी प्रोमोट गर्न सक्दैनौं । चीनबाट नेपालले सिक्ने एउटा महत्वपूर्ण पाटो यो हो । भविष्यका लागि दुईका कुरा अत्यन्त महत्वपूर्ण छ, चीनसँग धेरै सन्धि–सम्झौताहरु भएका छन्, २०१६ मा जुन एउटा पारवहन सम्झौता भयो, त्यो एउटा ऐतिहासिक सम्झौता हो, हाम्रो देशका लागि । हाम्रो आफनो राष्ट्रहित र राष्ट्रिय स्वार्थका निम्ति । तर ती सबैलाई व्यवस्थापन गर्ने चिन्तन म कतै देख्दिन । काठमाडौंको ट्राफिकमा जुन किसिमको दुविधा छ, नेपालको राजनीतिमा सिंहदरवारका टपमोस्टमा पनि सोही किसिमको दुविधा देख्छु म ।

त्यो दुविधाले गर्दाखेरी हामीले गरेका धेरै सन्धि–सम्झौता लागू गर्ने कुरामा खासै प्रगति देखिएको छैन । नेपाललाई लगभग ८ हजारवटा उत्पादनलाई चीनले कोटा फ्रि, ड्युटी फ्रि भनेर दिएका छन् । त्यति हुँदा पनि किन त हाम्रो निर्यात कम ? कारण के हो त भन्दाखेरी हाम्रो आन्तरिक व्यवस्थापन, चाहे त्यो राजनीतिक व्यवस्थापन होस चाहे त्यो आर्थिक व्यवस्थापन, त्यो कमजोरीको कारणले हो । खास गरीकन भारत र चीनसँगको सम्बन्धको बारेमा मेरो दुईवटा सिद्धान्त छन्, सामिप्यताको महत्व र जटिलता भन्या छु । सामिप्यताले देश देशबीचको सम्बन्धलाई महत्वपूर्ण बनाउँछ, तर त्यसले जटिलता पनि थप्छ । त्यसैले त्यसको व्यवस्थापन अत्यन्त संवेदनशील गर्नमा ध्यान जानुपर्छ ।
अर्काे कुरा, हिजोको दुइ ढुंगाबीचको तरुललाई परिवर्तन गर्ने हो भने, टर्निंग रिभेन्ज इन्टु रिवार्ड अफ जोगाफी ।

विगतमा चीन र नेपाल सरकारबीच सम्बन्ध हो जस्तो देखिन्थ्यो, तर अहिले राजनीतिक दलसम्म सम्बन्ध विस्तार भएको हो ?

टंक कार्कीः मूल कुरा अहिले प्रचलित विश्व व्यवस्था कतातिर इंकित गर्दैछ भन्ने हो । यसमा दुइवटा धार छन् । एउटा धार के भन्दैछ भने, बाइपोलार वल्र्डको रिप्रडक्सन हुदैंछ, अहिले सोभियत संघको ठाँउमा चीन, यतापट्टी पश्चिमाहरुको हिजैदेखि जुुन स्ट्रक्चर छ त्यही नै भयो ।
अर्काे धार के छ भने, इर्मजिगं जुन वल्र्ड अर्डर छ त्यो मल्टीपोलार वल्र्ड तिर हो । अझै पनि असंलग्नहरुको स्पेस छ । अहिले त भिजिबली मल्टी पोलर वल्र्ड स्ट्रक्चरहरु इभल्भ भइरहेको छ नि ! म अझै पनि असंलग्नको विषयमा असान्दर्भिक भयो भन्ने ठान्दिन ।

सरकार र दलहरुसँग चिनियाँहरुको सम्बन्धको कुरा गर्दाखेरी, हाम्रो प्रणालीमा आएको परिवर्तनलाई पनि त हेर्नुपर्यो नि । अहिले राजनीतिक दलसँग चिनियाँहरुको सम्बन्ध विस्तार भयो भन्ने जुन कुरा छ, यसलाई म अन्यथा ठान्दिनँ । विगतको चीनसँगको सम्बन्धबाट हामी बाहिर आइसकेका छौं । आज नेपालमा आउने अनुदानकै कुरा गर्ने हो भने चीनको ग्राफ अन्यभन्दा धेरै माथि छ । यो पनि नेपालप्रति चीनको परिवर्तन नै हो ।

यो पनि
यस्तो छ नेपाल-चीन सम्बन्धको ऐतिहासिक पाटो

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board