तनहुँमा काठमाडौंबाट फर्किएका एक कर्मचारीमा कोरोना संक्रमण

पोखरा, १८ साउन । तनहुँमा हालै मात्र काठमाडौंबाट फर्किएका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं बसेर फर्किएका आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

अहिले गाउँपालिका कार्यालय ३ दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाका कर्मचारी र अन्य केही सम्पर्कमा आएका २६ जनाको स्वाब लिएर परीक्षणका लागि पठाइएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायका अनुसार कोरोना संक्रमित ब्यक्तिसंग सम्पर्कमा आएकाहरुको ट्रेसिङको काम भइरहेको छ । भोलिसम्म सबै डिटेल आउने उनले बताए ।

कार्यालयमा विदा लिएर काठमाडौं आएका उनले विभिन्न ठाउँको यात्रा गरेका थिए । परिवारका सदस्य, आफन्त र अन्य गरी धेरै जनासँग ती कर्मचारीले भेटघाट गरेकाले ट्रेसिङमा समय लागिरहेको छ । ‘

त्यस्तै, स्याङ्जामा संक्रमण पुष्टि भएका ८ जनामध्ये एक जना प्रहरी कर्मचारी पनि रहेका छन् । उनी वालिङको वडा प्रहरी कार्यालयमा कार्यरत थिए । एक जना थपिएसँगै स्याङ्जामा मात्र कोरोना संक्रमित हुने प्रहरीको संङ्ख्या ४१ पुगेको छ ।

कास्कीमा आइतबार रुपा गाउँपालिकाका ३ जना र पोखरा महानगरपालिका – १९ का एक जनामा कोरोना संक्रमण पुष्टि भएका छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board