सुनको भाउः प्रतितोला ९९ हजार ६ सय कायम

काठमाडौं, १८ साउन । अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो ।
महासंघले आइतबारका लागि तेजाबी सुनको भाउ भने ९९ हजार एक सय ६० रुपैयाँ तोकेको छ । यसैगरी चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँ पुगेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण भाउ निरन्तर बढेको हो । मूल्य बढेसँगै नयाँ गहन बिक्री शून्य बराबर रहेको तथा पुरानो गहना बेच्नेको संख्या बढ्न थालेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति