भारतमा एकैदिन ८ सय ५२ जनाको कोरोनाबाट मृत्यु : संक्रमितको संख्या साढे १७ लाख नाघ्यो

काठमाडौं, १८ साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा साढे १७ लाख मानिस संक्रमित भएका छन् ।

आइतबार विहान सम्ममा थप ५४ हजार ८६५ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १७ लाख ५१ हजार ९१९ पुगेको छ ।

भारतमा तीन दिनमा मात्रै १ लाख ६७ हजार ५३५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ११ लाख ४६ हजार ८७९ संक्रमणमुक्त भएका छन् भने ५ लाख ६७ हजार ६३७ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८५२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३७ हजार ४०३ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board