काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं,१७ साउन । काठमाडौं उपत्यकामा शनिबार ६ जना कोरोना संक्रमित थपिएका छन्।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २, नेपाल प्रहरी अस्पतालमा काठमाडौंमा १, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका २ र भक्तपुरका १ गरी उपत्यकाका ६ जनामा संक्रमण भएको पाइएको हो।

योसँगै अब काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२८, भक्तपुरमा ५८ र ललितपुरमा ९७ जना पुगेको छ। शनिबार देशभर ३१५ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ। हाल देशभर ५ हजार ३ सय ३८ जना संक्रमितको उपचार भइरहेको छ।
हालसम्म कोरोना संक्रमित ५६ जनाको भने मृत्यु भएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board