पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

वीरगञ्ज, १७ साउन । वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ । नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज–१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो ।

मधुमेहले ग्रसित वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी उक्त महिलाको शुक्रवार मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । मृतक महिलाको शव दाहसंस्कारको लागि नेपाली सेनालाई जिम्मा लगाउने काम भइरहेको बताइएको छ । योसँगै, वीरगञ्जमा ११ जना मृतकमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

सुगरबाट ग्रसित महिलामा निमोनिया र हाईपर टेनसन समेत रहेको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board