वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं १७ साउन । वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यससँगै कोरोना भाईरस संक्रमणका कारण पछिल्लो १० दिनमा पर्सामा मृतकको संख्या १० पुगेको छ ।

बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १०१२ बजे उनको मृत्यु भएको थियो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले शुक्रबार राति पोजेटिभ रिपोर्ट आएको थियो शुक्रबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनीसँगै संक्रमण पुष्टि भएकी नगवाकी ६० बर्षीया महिलाको अवस्था पनि गम्भिर छ । उनको बयोधा अस्पतालमै आईसीयूमा उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति