दुई सबइन्जिनीयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखमा कार्यरत दुई सबइन्जिनीयरविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।

दैलेखको भगवतीमाई गाउँपालिका–३ सान्तडा खोला तटबन्ध निर्माण योजनाको उपभोक्ता समितिबाट घुस मागेको पुष्टि हुन आएकाले अख्तियारले सबइन्जिनीयरद्वय वीरेन्द्र चन्द र रञ्जितकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो ।

अनुसन्धानको सिलसिलामा उपभोक्ता समितिसँग रु ३० हजार घुस नदिए भुक्तानी रोकिदिने भनी चेक लुकाई भुक्तानी रोकेको पुष्टि हुन आएकाले सबइन्जिनीयरद्वय चन्द र श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ ९१० को कसुरको उद्योग गरेकाले सोही रकम बराबरको बिगो कायमका साथै दफा २१ मा उल्लिखित भएबमोजिम दफा ३ को ९१० बमोजिम सजाय माग दाबी गरी मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयद्वारा जारी पे्रस नोटमा उल्लेख छ ।

घुस रकम माग गरी भुक्तानी रोकेको सूचनाका आधारमा अख्तियारको कार्यालय सुर्खेतबाट खटिएको टोलीले असार १६ गते सब–इन्जिनीयरद्वयलाई नियन्त्रणमा लिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति