सानोठिमी प्रहरी वृतमा कार्यरत प्रहरीमा कोरोना पुष्टि

काठमाडौं, १७ साउन । महानगरीय प्रहरी वृत्त सानोठिमीमा कार्यरत एक प्रहरी हबल्दारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भएको पिसिआर परीक्षणमा ३३ वर्षीय प्रहरी हबल्दारमा कोरोना देखिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । सङ्क्रमित हबल्दारको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी साउदी अरबबाट गत २२ गते नेपाल फर्किएका मध्यपुरथिमि नगरपालिका–४ का एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउदीबाट फर्किएका २५ वर्षीय पुरुषलाई २६ दिनमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरीले जानकारी दिएको छ ।

नेपाल विद्युत् प्राधिकरण थिमि शाखासँगै रहेको सङ्क्रमितको घर तथा परिवारले सञ्चालन गरेका खाजा पसल बन्द गराएको छ । सङ्क्रमित पुरुषलाई पाटन अस्पतालमा उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति