भारतमा भयावह बन्दै कोरोना : एकैदिन ५७ हजार बढीमा कोरोना संक्रमण

काठमाडौं, १७ साउन ।भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । शनिबारसम्म भारतमा ५७ हजार ७०४ जना संक्रमित भएका छन् । यो भारतमा एकैदिन संक्रमित हुनेको अहिलेसम्कै सर्वाधिक संख्या हो ।

यसअघि शुक्रबार पनि त्यहाँ ५४ हजार ९६६ जना संक्रमित थपिएका थिए । दुई दिनमा मात्रै भारतमा एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

भारतमा कुल संक्रमित संख्या १६ लाख ९७ हजार ५४ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म १० लाख ९५ हजार ६४७ संक्रमणमुक्त भएका छन् भने ५ लाख ६४ हजार ८५६ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७६५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३६ हजार ५५१ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board