सैनिक कल्याणकारी कोषबाट राजश्वमा रु ४५ करोड योगदान

काठमाडौं, १६ साउन । सैनिक कल्याणकारी कोषले गत आर्थिक वर्ष २०७६/७७ मा रु ४५ करोड राजश्वमा योगदान दिएको छ । उक्त कोषद्वारा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्थामा रहेको कोषको निक्षेपबाट आर्जित ब्याजको आम्दानी करवापत राजश्व बुझाएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए ।

मुलुकका क वर्गका विभिन्न बैंकमा उक्त कोषको रु ४५ अर्ब ८६ करोड ८० लाख नगद मौज्दात निक्षेप छ । कोषको यथार्थ सम्पति भने हाल रु ५१ अर्ब ६१ करोड चार लाख पुगेको छ । केही वर्षअघिसम्म कोषको रु ८५ करोड निक्षेप जोखिममा रहेकामा अहिले घटेर रु पाँच करोड दुई लाख ६६ हजारमा झरेको छ । कोष र अन्तर्गतका निकायको फछ्र्यौट गर्न बाँकी बेरुजु अब रु सात करोड ४३ लाख ९४ हजार रहेको जानकारी दिइयो । उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु फछर्यौट भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board