कोरोनाको त्रासः विराटनगरमा फेरि १४ दिन लकडाउन

विराटनगर, १६ साउन । कोरोना भाईरसको संक्रमित संख्या दर बढेपछि विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी लकडाउन गरिएको छ । लकडाउन दुई साताका लागि गरिएको छ । लकडाउन शुक्रबार राति १२ बजेदेखि हुनेछ ।

मेयर भीम पराजुलीका अनुसार समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।

शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेपछि लकडाउन गर्ने निर्णय गरेको हो ।

महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेका छन् । समुदायमा संक्रमणको दर बढ्दो भएकाले अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज लगाउने निर्णय महानगरपालिकाले जनाएको छ ।

यो पनि
कोरोनाको त्रास: समुदायस्तरमा सङ्क्रमण फैलन नदिने महानगरपालिकाको तयारी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति