सुनको भाउ : तोलामै तीन सयले बढ्यो

काठमाडौं, १६ साउन । सुनको भाउ तोलामा तीन सय रुपैयाँले बृद्धि भएको छ । लगातार बृद्धि भएको सुनाको फेरि अघिल्लो दिनको भन्दा तीन सय रुपैयाँले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढ्दो मूल्यमा हरेक दिन नयाँ कीर्तिमान बनाएको सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ प्रतितोला पुगेको छ । शुक्रबारको सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

यस्तै शुक्रबारका लागि तेजावी सुनको कारोबार मूल्य ९८ हजार ८६५ रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ । चाँदीको प्रतितोला कारोबार मूल्य १२ सय रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै सुनको भाउ नेपाली बजारमा पनि उच्च बनेको व्यवसायीहरुले जनाएका छन् । ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति