नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

काठमाडौं, १६ साउन ।  नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा आज बिहान १ः४० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले थप पहिरो पन्छाएर दुईतर्फी सञ्चालनको प्रयास भइरहेको जनाएको छ ।

सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । लगातारको वर्षाले पहिरो जाँदा सो सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ । बिहीबार मात्र चितवनको कुरिनटारमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board