नखिपोटमा भेटियो ‘सुनको झोला’ फालेर भागेको गाडी

काठमाडौ, १५ साउन । प्रहरी देखेपछि सुनको झोला फालेर भागेको गाडी बिहीबार भेटिएको छ । गत गंगलबार काठमाडौंमा सुन भएको झोला फालेर भागेको भनिएको गाडी नखिपोटमा भेटिएको हो ।

प्रहरी स्रोतका अनुसार आधा किलो सुन, दुईवटा पेस्तोल र साढे १४ किलो चाँदीको झोला फालेर भागेको भनिएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी ललितपुरको नखिपोटमा फेला परेको छ ।

नखिपोटमा एक बन्दै गरेको घरको कम्पाउन्डभित्र छोपेर राखेको अवस्थामा गाडी भेटिएको प्रहरी स्रोतले बतायो । प्रहरीले जनाए अनुसार प्रहरी चेकिङ छलेर काठमाडौंको कमलपोखरीबाट भागेको गाडीलाई पिछा गर्दा त्यहाँ रहेका मानिसहरुले सेतो झोला फालेर गाडीसहित फरार भएको थियो ।

यो पनि…

‘सुनको झोला’ फालेर भाग्ने तीन जना पक्राउ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति