काठमाडौं, १४ साउन । नेपालमा थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छन् । पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा १५ जना सहित थप २१० जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार यससँगै देशभर कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४६ जना निको भइ घर फर्किएका छन्। हालसम्म १४ हजार २१ जना निको भएका छन्। हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ।
देशभर ५ हजार २ सय ३ सक्रिय संक्रमित छन्। त्यस्तै हालसम्म नेपालमा ४९ जनाले कोरोनाबाट ज्यान गुमाई सकेका छन् ।
COMMENTS