नेपाली कांग्रेस : सानेपामा पौडेल समूहको बैठक

काठमाडौँ, १४ साउन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।

स्रोतका अनुसार पार्टीभित्रका पछिल्ला गतिविधि, विभाग गठन, पार्टीमा भएका अन्य दलका नेता कार्यकर्ताको समायोजन लगायतका विषयमा छलफल हुँदैछ ।

बैठकमा बरिष्ठ नेता पौडेलका साथै महामन्त्री सशांक कोइराला तथा नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला, मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, किरण यादव, सरिता प्रसाई, चन्द्र भण्डारी लगायत छन् । नेता प्रकाशमान सिंह भने अर्को कार्यक्रममा व्यस्त रहेको सूचना दिएर अनुपस्थित छन् ।

बैठकले विभाग गठन, समायोजन र कृयाशिल सदस्यता वितरणबारे सभापति देउवालाई पठाउने लिखित पत्र तयार गर्ने बताईएको छ ।

महाधिवेशनको कार्यतालिका सार्वजनिक भईसके पनि नयाँ विभाग गठन गरिएको तथा पार्टीमा नयाँ प्रवेश गरेकालाई दिइएको पदबारे छलफल नगरिएको लगायतका विषयमा पौडेल समुह असन्तुष्ट छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति