काठमाडौं १४ साउन । लीलादेवी सिटौलाले जनता समाजवादी पार्टीको तर्फबाट पद तथा गोपनीयताको शपथ लिएकी छन् ।सङ्घीय संसद सचिवालय सिंहदरबारस्थित कृषि समितिको हलमा नवनिर्वाचित समानुपातिकतर्फका सांसद सिटौलालाई सभामुख अग्नीप्रसाद सापकोटाले बुधबार शपथग्रहण गराउएका हुन् ।
निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको सिफारिसअनुरूप खस–आर्य समूहको रिक्त भएको सरिता गिरीको स्थानमा सोही समूहको २ नम्बरमा नाम रहेकी लीलादेवी सिटौलालाई निर्वाचित घोषणा गरेको हो । गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो ।
COMMENTS