सुनको भाउले नपाली बजार प्रभावित, हरेक दिन नयाँ कीर्तिमान

काठमाडौं, १४ साउन । अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको भाउले नपाली बजार प्रभावित हुँदा सुनको मूल्य बढेर हरेक दिन नयाँ कीर्तिमान बनाउँदै आएको छ । बुधबारको सुनको भाउ पनि नेपाली बजारमा हालसम्मकै उच्च हो ।

सुनको भाउ नेपाली बजारमा तोलाको ९८ हजार पाँच सय रुपैयाँ पुुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले भाउ बढेर नयाँ मू्ल्य कायम भएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला ९८ मूल्य दुई सयमा कारोबार भएको थियो । महासंघले तेजाबी सुनको मूल्य भने बुधबारका लागि ९८ हजार ६५ रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा तेजावी सुनको भाउ तीन सय पाँच रुपैयाँले वृद्धि भएको हो ।

सामान्य अवस्थामा दैनिक १० किलो सुन खरिद बिक्री हुने नेपाली सुन बजारमा बढ्दो मूल्यका कारण कारोबार ठप्प भएको महासंघले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति