पहिरोमा पुरिएर कालिकोटमा ८ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं, १४ साउन । पहिरोले पुरिएर कालीकोटको नरहनीनाथमा गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको वडानम्बर ७ मा आएको पहिरोले पुरिएका ६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

उक्त गाउँपालिकाको वडानम्बर ४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमतीको मृत्यु भएको छ । प्रहरीका अनुसार अहिले बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति