पहिरोले पुरिँदा दाङमा दुईको मृत्युु

दाङ, १४ साउन । दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र उहाँका दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board