उपत्यकामा बढ्यो कोरोनाको जोखिम, एकैदिन ५३ जनामा संक्रमण पुष्टि

काठमाडौं, १३ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकैदिन ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा मात्र ४८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार ललितपुरमा ४ र भक्तपुरका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमात्रै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

उपत्यकामा कोरोना जोखिम बढेपछि काठमाडौं उपत्यका प्रवेश गर्नेहरुको नाकामा नै स्वाब संकलन गर्न थालिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै थानकोट नागढुंगा नाकामा २ हजार ९१४ नामको स्वाब संकलन गरिएको छ । यस्तै सांगामा ९४४ र फर्किङ नाकामा ९५३ जनाको स्वाब संकलन गरिएको छ ।

नेपालमा थप ३११ जनामा कोरोना पुष्टि
मंगलबार नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज जाकारी दिएन अनुसार ५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको हो । अहिलेसम्म ४९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

गौतमका अनुसार सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ । विगत २४ घण्टामा १२१ जना निको भएसँगै अहिलेसम्म १३,८७५ जना रोगमुक्त भएका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board