प्रहरी हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ साउन । नेपालमा थप २३ जना प्रहरी हेडक्वार्टरमा कार्यरतमा कोरोनाको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण देखिएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीका अनुसार २३ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अुनसार आईतबार हेडक्वार्टरमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायतमा संक्रमित देखिएका छन् ।

उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमितहरुलाई सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको बताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति